Skip to main content

हे बन्दकर्ता ! मलाई मेट्न सक्छौ तर मेरो बिचारलाई मेट्न सक्दैनौ |

पुष २९ गते, मंगलबार, बेलुकी पेरिस्डांडा र बुद्धनगरमा (क्याश र द्याश )माओबादीको कक्टेल पार्टी भयो होला दिनभरको बन्दजो सफल भाएको थियो | वहा ! त्यो बन्दकर्ताको नारा "लूट" फिल्मको दायिलग जस्तो लाग्दथियो |
हामी पार्टीको कायकर्ता, तँ को हो ? आगादीबाट आवाज आयो "हामी संचेत नेपाली नागरिक " हामीले उतर दियौ |प्रत्यक बन्दको दिन जस्तै अस्ति (पुष २९ गते) पनि हामी केही युवाहरु "बन्दलाई सधैको लागि बन्द गरौँ " भन्दै बानेश्वरमा नपालको झन्डा बाकेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका थियौ | त्यहाँ भेला हुने युवाहरु प्राय: स्नातक तहमा पदिरहेका युवाहरु हौ; हामी कुनै संघ-संस्था वा पार्टीसंग आवध्द भएर बन्दको बिरोध गरेका होइनौ| हामीलाई लाग्छ "युवा जब जाग्छ, तब देश अघि बढ्छ र राष्ट्र समुन्नति तर्फा लाग्छ | त्यहि कुरालाई महसूस गरी हामीले बन्दको बिरोध गर्दछौ | येस अतिरिक्त हामीमा केहि स्वार्थ छैन |
मंगलबार बानेश्वरमा अरु दिनभन्दा अलि बेग्लै घटना घट्यो, हामी "नेपाल बन्द कहिलेसम्म, नागरिक चुप जहिलेसम्म "भन्दै बन्दको बिरोध गर्दै थियौ | त्यसको केहि मिनटमै करिब ४-५ जना 'पार्टीका कार्यकर्ताहरु' आएर म लगायत केहि साथीहरुमाथि हातपात गर्न र अपशब्द प्रयोग गर्नथाले |त्यहाँ प्रशस्तै प्रहरी तैनाथ थिए तर पनि प्रहरीले तिनीहरुलाई रोक्ने प्रयास नगरेको हामीलाई महसूस भयो | हामि आवेशमा आउनेकुरै थिएन , हामी जम्मा ५-६ जान त थियौ ; तैपनि बन्दको बिरोध गर्न छोदेनौ | हामीले नारा लगाउदां उनीहरुलाई अपमानको महसूस भयो होला भनी हामी "साइलेन्ट प्रोटेस्ट "गर्ने निर्णय गर्यौ हामीलाई पत्रकारले घेरा हालेर सोध्दै थिए - तपाईहरु कून पार्टीको? एकै छिन अन्तरबार्ता दिनुहोस न! तर हामीले त्यसो गरेनौ, केहि बोलेनौ | हामीसंग बोल्ने कुरा - "हामी नेपाली हौँ र हामी हाम्रो देश बन्द भएको सहेर बस्न सक्दैनौ " भन्ने बाहेक केहि कुरा थिएन | त्यतिकैमा करिब २० मिनट पछि बिजुलीबजारतिरबाट सयौंको संख्यामा बन्दकर्ताहरु आए, प्रहरीले तिनीहरुलाई रोक्ने प्रयास त गर्यो; तर त्यो फितलो साबित भयो र हामि माथि नराम्ररी शारीरिक आक्रमन भयो | हामि तितरबितर भयौ, छिन्नभिन्न भयौ |
हिजो रातभर म, सुत्न सकिन पीर र डाहा भयो | हाम्रो आवाजलाई मेटाइयो, त्यसैले आज लेख्ने निर्णय गरे | म फेरी पनि भन्दछु, जुनसुकै पार्टीले बन्द गरेपनि म त्यसको बिरोध सधै गर्छु | बन्दगर्नु समस्याको समाधान होइन | जय देश |

Comments

Popular posts from this blog

मानब जातिको एकालाप !

हे प्रकृती, म मान्छे हु, मान्छे ! मलाई तर्साउने तिम्रो औकत नै के छ र ? तिम्रो आफ्ठ्यारा स्वोरुपलाई सुन्दर बनएको म, तिमीसँग किन डरउने ? तिमीले त हजारबार धम्कयौ मलाई, तर्सायौ; अब तिम्रो आर्को नाटकले बिचल्ली हुन्छु जस्तो कसरी लाग्यो तिमीलाई ? मेरो त बच्नुको केवल एक आधारछ, त्यस्लाई पनि तहसनहस बनायौ तिमीले | तिम्रो षड्यन्त्रको मुल्य तिमीले नै तिर्नुपर्ने छ | केही दिन पछी म फेरी उठ्नेछु, मेरो जिव्नुको आधर 'पैसा' लाई फेरी पनि बिउझाउने छु, बल्झाउने छु | अनि हेर्दै जाउ, यो संसार तिम्रो हिसाब्ले होईन, मेरो हिसाबले चल्नेछ | मेरा नबिन सिर्जनले तिम्रो एकाधिकारलाई तोड्ने छ, म जित्ने छु अनि प्रकृती तिमी हार्नेछौ | #COVID19

Need to understand exam stress

Most students fears of  examinations. It causes tension due to which many cannot concentrate on what they are studying. Many students also suffer from many health problems like headaches, stomach pain, loss of appetite, sleeplessness and frustration during exam time. Though such problems are common among students, neither the parents nor teachers seem concerned about it. Most of the boarding schools in Kathmandu focus on the syllabus of board examinations and prepare their students accordingly. Parents only want good marks in all subjects and ignore their children's problems. The pressure to perform well in examinations is so high that they start panicking. It is necessary to understand students psychology and act accordingly. Both teachers and parents should be a bit liberal to students during exam time. Any type of physical or mental torture should be avoided. The system of taking examination should also ...