Skip to main content

Posts

Showing posts from January, 2015

हे बन्दकर्ता ! मलाई मेट्न सक्छौ तर मेरो बिचारलाई मेट्न सक्दैनौ |

पुष २९ गते , मंगलबार , बेलुकी पेरिस्डांडा र बुद्धनगरमा (क्याश र द्याश )माओबादीको कक्टेल पार्टी भयो होला दिनभरको बन्दजो सफल भाएको थियो | वहा ! त्यो बन्दकर्ताको नारा "लूट" फिल्मको दायिलग जस्तो लाग्दथियो | हामी पार्टीको कायकर्ता , तँ को हो ? आगादीबाट आवाज आयो "हामी संचेत नेपाली नागरिक " हामीले उतर दियौ | प्रत्यक बन्दको दिन जस्तै अस्ति (पुष २९ गते) पनि हामी केही युवाहरु "बन्दलाई सधैको लागि बन्द गरौँ " भन्दै बानेश्वरमा नपालको झन्डा बाकेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका थियौ | त्यहाँ भेला हुने युवाहरु प्राय: स्नातक तहमा पदिरहेका युवाहरु हौ ; हामी कुनै संघ-संस्था वा पार्टीसंग आवध्द भएर बन्दको बिरोध गरेका होइनौ | हामीलाई लाग्छ "युवा जब जाग्छ , तब देश अघि बढ्छ र राष्ट्र समुन्नति तर्फा लाग्छ | त्यहि कुरालाई महसूस गरी हामीले बन्दको बिरोध गर्दछौ | येस अतिरिक्त हामीमा केहि स्वार्थ छैन | मंगलबार बानेश्वरमा अरु दिनभन्दा अलि बेग्लै घटना घट्यो , हामी "नेपाल बन्द कहिलेसम्म , नागरिक चुप जहिलेसम्म "भन्दै बन्दको बिरोध गर्दै थियौ | त्यसको केहि मिनटमै करिब ४-५